
The University of Edinburgh
विश्वको जनसंख्या दश अर्ब पुग्न लागेसंगै खाद्य, पानी, जलवायु, उर्जा सुरक्षा जोखिममा छन्। यस अवस्थामा नाइट्रोजन हाम्रो लागी जीवन सहयोगी सिद्ध हुन सक्छ। हाम्रो प्रयास सही ठहरियो भन्ने अरबौंको पेट भर्नमा सघाउन सक्छ तर गलत भयो भने अबस्था झन नाजुक बनाउन सक्छ।
यो अवस्थालाई विनाशकारी तुफानको संज्ञा दिईएको छ । बढ्दो जनसङ्ख्या बिच खाद्यान्को असमान वितरण , जल र ऊर्जाको सिमितता र जलवायुका कारण तातेको पृथ्वीको यो अवस्था मिठो केकको माथि तितो स्वादको लेप लगाएको जस्तो ‘न टोक्नु न बोकनु’ को रूपमा देखापरेको छ । यी सबै विश्वव्यापी चुनौतीहरूबिच , नाइट्रोजनले महत्त्वपूर्ण समाधानको भूमिका खेल्न सक्छ। नाइट्रोजन के हो र यसले हाम्रो सम्पूर्ण मानव सभ्यतामा कति महत्त्वपूर्ण भूमिका खेल्छ , र आगामी दिनमा प्रकृति को यो सम्पदा हामीलाई कत्तिको फलदायी वा हानिकारक सिद्ध हुन सक्ला भन्ने विषयनै हाम्रो यस अध्ययनको उदेश्य हो। नाइट्रोजनको कथा हामीलाई अनौठो खाल्को , भनौ दन्त्य कथा जस्तो , कथामा पानी एक्कासी रातो हुने र मानिसहरू निलो हुने खालको जस्तो लाग्न सक्छ । नाइट्रोजनको कथामा जल र वायु लाई मित्र र प्रदूषणलाई शत्रु मान्दै , एकादेशमा मासुको भोज भैरहेको र अर्को देशमा अनिकालको अवस्थाबारे बर्णन गरेको पाइन्छ । नाइट्रोजनलाई रसायन साश्त्रीहरुले पिरिओडीक टेबलको एउटा दिक्कलाग्ने कुनामा लगेर थन्काएर राखेकोअवस्था बाट उठेर , अब भने यो पुनरावलोकन गर्ने समय आएको छ | तपाईं जुनसुकै पृष्ठभूमिबाट आएको भए तापनि , यस नवीनतम पाठ्यक्रमले तपाईंलाई नाइट्रोजन र विश्वव्यापी चुनौती सम्बन्धी मुख्य अवधारणाहरू सिकाउनेछ , जसले गर्दा तपाईं यसले प्रतिनिधित्व गर्ने चुनौती र अवसरहरूलाई अझ राम्ररी बुझ्न सक्नुहुन्छ । मुख्य विषयहरूमा खाद्य सुरक्षा , जलवायु परिवर्तन , वायु प्रदूषण , जल प्रदूषण , मानव स्वास्थ्य र अन्य शीर्षकहरू पर्दछन् । शिक्षण विधिकोरुपमा हामी एडिनबर विश्वविद्यालयको प्रणालीलाई आधारमानी सोहि माध्यमबाट सिक्न सक्दछौ । यस पाठ्यक्रमले नाइट्रोजनले मानव सभ्यतामा हुने जोखिमहरू अझै राम्रोसँग कसरी एकीकरण गर्न र मिलाउन सकिन्छ भनेर देखाउँदै यसको विश्वव्यापी चुनौतीहरूको लागि आकर्षक र विशेष दृष्टिकोण प्रदान गर्दछ । नाइट्रोजन र विश्वव्यापी परिवर्तनको अनुसन्धानमा दशकौंको अनुभव भएका प्रशिक्षकहरूद्वारा पढाइ हुने , यो संसारको पहिलो पाठ्यक्रम नाइट्रोजन क्षमता सम्बन्धी न्यूटन- भाभा भर्चुअल सेन्टरको अङ्गको रूपमा बेलायत र भारतको प्रमुख विशेषज्ञहरू बीचको सहकार्य हो । 3b:Td7d, १ * * _ हप्ताः विश्वव्यापी नाइट्रोजन चुनौती __ _** नाइट्रोजनको परिचय , यसको प्रयोगहरू , र विश्वव्यापी खाद्य उत्पादन , प्रदूषण र जलवायु परिवर्तनमा यसको भूमिकाको पुनरावलोकन २ * * _ हप्ता: नाइट्रोजन र कृषि __ _** नाइट्रोजन चक्रको परिचय , खाद्यान्न उत्पादनको लागि नाइट्रोजन प्रयोगको इतिहास , जलवायु परिवर्तनमा अन्तरक्रिया , खाद्य सुरक्षाको लागि भावी चुनौतीहरू ३ * * _ हप्ता: नाइट्रोजन र वायु प्रदूषण __ _** नाइट्रोजनले कसरी स्थानीय र विश्वव्यापी वायु प्रदूषण , यसका प्रभाव , प्रवृति र भविष्यका चुनौतिहरू निम्त्याउँछ ४ * * _ हप्ता: नाइट्रोजन र पानी __ _** नाइट्रोजन कसरी हाम्रो पानीमा जान्छ , ताजा पानी र महासागरमा यसका असर , पारिस्थितिकीय प्रणाली र मानव स्वास्थ्यमा रहेका जोखिमहरू ५ * * _ हप्ता: नाइट्रोजन सम्बन्धी समाधानहरू __ _** कृषिमा नाइट्रोजनको प्रयोगको सुधार , स्मार्ट खानाको छनौटहरू , हावा र पानी प्रदूषणको सम्हाल्नु , एकीकृत व्यवस्थापन 3c:T1850,{"@context":"https://schema.org","@graph":[{"@context":"https://schema.org","@type":"Organization","@id":"https://www.edx.org#organization","name":"edX","alternateName":["edX","Online Course Provider"],"description":"Online learning Massive Open Online Course Platform offering courses from leading institutions worldwide","url":"https://www.edx.org","logo":{"@type":"ImageObject","@id":"https://www.edx.org/images/logos/edx-logo-elm.svg","name":"edX Logo","description":"Official edX logo","url":"https://www.edx.org/images/logos/edx-logo-elm.svg","width":"112","height":"112"},"sameAs":["https://www.facebook.com/edX","https://twitter.com/edXOnline","https://www.linkedin.com/company/edx","https://www.instagram.com/edxonline","https://www.youtube.com/user/edxonline"],"address":{"@type":"PostalAddress","streetAddress":"","addressLocality":"","addressRegion":"","postalCode":"","addressCountry":"US"}},{"@context":"https://schema.org
Andrea Moring
Post-doctoral Research Assistant
Dave Reay
Professor of Carbon Management & Education
Hannah Ritchie
Junior Researcher